Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पीडित धमाधम बिरामी बन्दैः ५५ जना अस्वस्थ, ४ जना अस्पताल भर्ना

मिटरब्याज पीडित धमाधम बिरामी बन्दैः ५५ जना अस्वस्थ, ४ जना अस्पताल भर्ना

  • बिहिवार, चैत्र १६ २०७९

  • 391
    SHARES

  • मिटरब्याज पीडित धमाधम बिरामी बन्दैः ५५ जना अस्वस्थ, ४ जना अस्पताल भर्ना

    काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडितहरु धमाधम विरामी परेका छन्। महोत्तरीदेखि ११ दिनदेखि पैदल यात्रा गरेर केहि दिन अगाडी काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए। बिरामीहरुमध्ये मध्येका चार जना अस्पताल नै भर्ना भएका छन् ।

    उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविरमै आएर जाँच गरेका थिए। जसमध्ये ९ जना थप स्वास्थ्य परीक्षणका लागि अस्पताल रिफर भएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले जानकार दिनुभयो ।

    ‘अस्पताल गएका ९ मध्ये ५ जना फर्कनुभयो’ उनले भने, ‘बाँकी ४ जनाको स्वास्थ्य परीक्षण भइरहेको छ।’ दाहालकाअनुसार उनीहरुलाई चिसो लागेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको प्रारम्भिक परीक्षणमा देखिएको छ ।


    बिहिवार, चैत्र १६ २०७९०५:३०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij