Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगियो, कसको भागमा कुन ?

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगियो, कसको भागमा कुन ?

  • बिहिवार, चैत्र १६ २०७९

  • 1.7K
    SHARES

  • सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगियो, कसको भागमा कुन ?
    काठमाडौं । सत्ता गठबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबण्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ ।
     
    गठबन्धनको ठुलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो ।
     
    त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।
     
    आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत रहेको स्रोतले जनाएको छ । अन्तिम समयमा कुनै पनि दलले विवाद सिर्जना नगरे अहिलेसम्मको सहमतिअनुसार यिनै मन्त्रालयमा सहमति टुंगिएको बताइएको छ ।
     


    बिहिवार, चैत्र १६ २०७९०४:२०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij