Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल

  • सोमवार, आश्विन ५ २०७७

  • 827
    SHARES

  • बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरेर दुई जना अध्यक्षबीच मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल भएको हो । बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्तामा नयाँ मन्त्री र सरकारमा रहेका मन्त्रीको विषयमा छलफल भएको बताइएको छ।

    ‘दुई अध्यक्षबीच मन्त्रिमण्डल पुर्नगठनबारे नीतिगत रुपमा छलफल भएको र भोलीको सचिवालय बैठकमा आज भएको सहमतिअनुसार नै मन्त्रिमण्डल पुर्नगठनबारे छलफल हुने जनाइएको छ ।

    नेकपाको सचिवालय बैठक मंगलबार बालुवाटारमा दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठनलगायतका चार वटा विषयमा छलफल गर्ने कार्यसूची तय भएको छ ।


    सोमवार, आश्विन ५ २०७७०३:५२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij