Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे पुनः बस्ने

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे पुनः बस्ने

  • बुधवार, चैत्र १५ २०७९

  • 724
    SHARES

  • सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे पुनः  बस्ने

    काठमाडौं। सत्ता साझेदार दलको बैठक बिना निष्कर्ष सकिएको छ। बालुवाटारमा बिहान बसेको बैठकमा मन्त्रालयमा भागबण्डाबारे कुरा नमिलेपछि बैठक निष्कर्षबिहीन भएको हो ।

    आज दिउँसो ३ बजे पुनः बैठक बस्ने गरी दलका शीर्षनेताहरू बालुवाटारबाट बाहिरिएका छन्।

    बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भोलि एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको छ । लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र भोलि एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताउनुभयो ।

    साना दलहरुले बढी मन्त्रालयहरु माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छलफलमा सहभागी नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तीन मन्त्रालयमा दावी गरेपछि दलहरू अन्तिम निणर्यमा पुग्न नसकेको बैठकमा सहभागी एक नेताले बताएका छन्।

    हिजो पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३-३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।
    प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएका जनमोर्चाबाहेक दललाई सरकारमा सहभागी गराउन खोज्नु भएको छ ।

    प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र १ राज्यमन्त्रीसहित ८, माओवादीलाई ४ मन्त्रालय, जसपा र नेकपा एसलाई २/२ मन्त्रालय र १ राज्यमन्त्री दिने गरी खाका तयार गरेका छन्। यीबाहेक लोसपा,जनमत, नागरिक उन्मुक्तिलाई १/१ मन्त्रालय दिएर सरकारमा सहभागिता गराउने प्रयत्न प्रचण्डले गरिरहेका छन्। सत्ता गठबन्धनमा मन्त्रालयमा भाडबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो।


    बुधवार, चैत्र १५ २०७९०१:०८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij