Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब ४४ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब ४४ करोडको कारोबार

  • मंगलवार, चैत्र १४ २०७९

  • 648
    SHARES

  • दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब ४४ करोडको कारोबार
    काठमाडौं । मंगलबार(आज) पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । अघिल्लो साता निरन्तर घटिरहेको सेयर बजारमा पछिल्लो समय लयमा फर्किने संकेत देखिएको छ । 
     
    हिजो १७.७० अंक बढेको परिसूचक नेप्से आज १२.१० अंकले बढ्दै १९१८.१० विन्दुमा पुगेर रोकिएको छ । शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो । आज २५८ वटा धितोपत्रको ३५ हजार ९२६ वटा कारोबारबाट ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।
     
    आजको कारोबारमा आएका १४२ कम्पनीको मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्य घटेको छ र ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज विकास बैंक, वित्त र निर्जीवन बीमा उपसूचक घटे । अन्य उपसूचक भने बढेका छन् । यसमा पनि सबैभन्दा बढी लघुवित्त उपसूचक बढेको छ ।
     
    आज सुपरमाइ हाइड्रो, सृजनशील लघुवित्त, एसियन हाइड्रो, महिला लघुवित्त, नेरुडे लघुवित्तसहितका कम्पनीको मूल्य सबैभन्दा धेरैले बढेको छ । तेह्रथुम पावर, मितेरी विकास बैंक, वेस्ट फाइनान्ससहितका कम्पनीको मूल्य धेरैले घटेको छ । आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी, शिवं सिमेन्ट, एनआईसी एसिया बैंक, अपि पावरसहितका कम्पनीको धेरै कारोबार भएको छ ।
     


    मंगलवार, चैत्र १४ २०७९०३:४०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij