विमलप्रसाद पोख्रेल, प्युठान । जिल्ला अस्पताल प्युठानमा एक २५ वर्षीया महिलाको अत्यधिक रक्तश्रावका कारण आज बिहान मृत्यु भएको छ । उनलाई बच्चा जन्माउने व्यथा लागेपछि सुनिल स्मृति गाउँपालिका –२ रोल्पादेखि आइतबार प्युठान अस्पतालमा ल्याइएको थियो ।
बच्चा सकुशल जन्माएकी ती महिलाको अत्यधिक रक्तश्राव भएर आज बिहान ७ ः १५ बजे मृत्यु भएको अस्पतालका स्वास्थ्यकर्र्मीले जानकारी दिएका छन् ।
ती महिलालाई विभिन्न रक्तदाताले रगत दिँदा पनि बचाउन नसकिएको स्वास्थ्यकर्मीले बताए । बच्चालाई भने बुटबल रिफर गरिएको छ भने आमाको सब प्युठान अस्पतालमा राखिएको छ ।