Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिए

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिए

  • सोमवार, आश्विन ५ २०७७

  • 969
    SHARES

  • भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिए

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ ।

    केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ ।

    भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

    प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन् ।

    त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना,सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ ।


    सोमवार, आश्विन ५ २०७७०२:४८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij