Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाले ताक्यो यी मन्त्रालय

रास्वपाले ताक्यो यी मन्त्रालय

  • आइतवार, चैत्र १२ २०७९

  • 1.9K
    SHARES

  • रास्वपाले ताक्यो यी मन्त्रालय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनका लागि शर्तहरु अगाडि सारेको छ ।

    रास्वपाले साविकका मन्त्रालयहरु पाएमात्रै सरकारमा सहभागी हुने अडान राखेको छ । यदि साविकका मन्त्रालय आफूहरुले नपाएको खण्डमा रास्वापा सरकारमा सहभागी नहुने पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताउनुभयो ।

    रास्वपाले यसअघि गृह, शिक्षा, श्रम मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण उनी सांसद् पदबाट मुक्त भएका थिए ।

    लामिछाने पदमुक्त भएसँगै गृहमा रास्वपाले दाबी गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्ड पुनः गृहमन्त्रालय दिन सकारात्मक नहुँदा रास्वपा सरकारबाट बाहिरिएको थियो ।


    आइतवार, चैत्र १२ २०७९०१:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij