Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो

  • सोमवार, आश्विन ५ २०७७

  • 881
    SHARES

  • विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो

    काठमाडौं । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार तीन सय ३९ पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  

    त्यसमध्ये दुई करोड २८ लाख ३५ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन् । चीनको उहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा बढी प्रभावित देशमा क्रमशः अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा पनि संक्रमण बढेको देखिएको छ ।


    सोमवार, आश्विन ५ २०७७०१:५१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij