काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।’
त्यसैगरी आजै राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा पुगेर आँखा जाँच पनि गराउनु भएको छ । प्रा. डा. सगुन जोशीले राष्ट्रपतिको आखा परीक्षण गर्नुभएको थियो ।