Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चक्रवात फ्रेडीबाट मलावीमा कम्तिमा ५ सय जनाको मृत्यु,पाँच लाख आठ हजार विस्थापित

चक्रवात फ्रेडीबाट मलावीमा कम्तिमा ५ सय जनाको मृत्यु,पाँच लाख आठ हजार विस्थापित

  • मंगलवार, चैत्र ७ २०७९

  • 463
    SHARES

  • चक्रवात फ्रेडीबाट मलावीमा कम्तिमा ५ सय जनाको मृत्यु,पाँच लाख आठ हजार विस्थापित

    काठमाडौं। दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट कम्तिमा ५ सय जनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार २ सय ४४ जना विस्थापित भएका छन् । सरकारी विपद् व्यवस्थापन विभागले आँधीबाट एक हजार ३ सय ३२ जना घाइते भएका र ४ सय २७ जना हराइरहेका जनाएको थियो।

    आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ। विस्थापित परिवारको व्यवस्थापनका निम्ति ३३४ केन्द्र खडा गरिएको विभागका आयुक्त चाल्र्स कलेम्बाले बताएका छन्। मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

    छिमेकी ताञ्जानिया र जाम्बियाका साथै संयुक्त अधिराज्यको सहयोगमा देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । देशका १५ जिल्ला आँधीबाट प्रभावित भएका छन् ।

    यस्तै, दक्षिण अफ्रिकी विकास समुदायले मानवीय सहायतास्वरूप मलावीलाई तीन लाख अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ ।


    मंगलवार, चैत्र ७ २०७९०२:३२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij