Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

  • आइतवार, चैत्र ५ २०७९

  • 603
    SHARES

  • चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

    काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित हुनुभएको छ ।

    चुनावमा खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गरी निरौला अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गर्नुभयो ।

    यस्तै उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

    यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित हुनुभयो । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी हुनुभयो ।

    अन्य सदस्यमा गोपाल ढकाल दुई सय ८७, उद्धवप्रसाद भट्टराई दुई सय ११, पवन केसी दुई सय दुई, नम्रता खरेल एक सय ८७, पुकार भट्टराई एक सय ८२, खुश्बु खड्का एक सय ७७, सरिता राधोपाध्याय एक सय ४६, रोशन श्रेष्ठ एक सय ३५ र समीर लामा एक सय ३३ मत प्राप्त गरी विजयी हुनुभयो ।


    आइतवार, चैत्र ५ २०७९०९:११:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij