Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक स्थगित, मंगलवार बालुवाटारमा बस्ने

नेकपा सचिवालय बैठक स्थगित, मंगलवार बालुवाटारमा बस्ने

  • सोमवार, आश्विन ५ २०७७

  • 970
    SHARES

  • नेकपा सचिवालय बैठक स्थगित, मंगलवार बालुवाटारमा बस्ने

    काठमाडौं । नेकपाको आज सोमवार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । पेरिसडाँडामा आज दिउँसो १ बजे बोलाइएको बैठक भोली मंगलवार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो ।

    सचिवालयका एक नेताका अनुसार मन्त्रीपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेण्डाहरुको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल हुनेछ । थप आवश्यक गृहकार्यका लागि बैठक स्थगित भएको ति नेताले बताएका छन् ।

    हिजोको बैठकले मन्त्रीमण्डलमा फेरबदल गर्ने र राजनीतिक नियुक्तिहरुका बारेमा पनि छलफल गर्ने निर्णय गरेको थियो । मन्त्रीमण्डल पुनर्गठनका लागि नेकपा सचिवालयमा तीन, चार ओटा स्वरुप सम्वन्धी प्रस्ताव पेश भएको छ ।

     


    सोमवार, आश्विन ५ २०७७१०:५८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij