Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकले रिपो मार्फत १५ अर्ब तरलता पठाउँदै

राष्ट्र बैंकले रिपो मार्फत १५ अर्ब तरलता पठाउँदै

  • बिहिवार, चैत्र २ २०७९

  • 339
    SHARES

  • राष्ट्र बैंकले रिपो मार्फत १५ अर्ब तरलता पठाउँदै

    काठमाडौं । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।केन्द्रीय बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।

    यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाएको उक्त रिपोको अवधि सकिएसँगै पुन १५ अर्बको रिपो जारी गर्न लागेको हो ।हाल राष्ट्र बैंकले बैंकहरुलाई ७ प्रतिशत ब्याजदरमा ओभरनाइट तरलता सुविधा उपलब्ध गराउँदै आएको छ ।

    अन्तर बैंक ब्याजदर पनि ७ प्रतिशत नै छ । जसले गर्दा बैंकिङ प्रणालीमा साधारण तरलताको कमी रहेको देखाउँछ । सोही कारण रिपो मार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।


    बिहिवार, चैत्र २ २०७९०२:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij