काठमाडौं । धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिले पूर्णता पाएको छ ।
प्रतिष्ठानको सचिवमा शंकर विरही गुरुङ, सदस्यहरुमा अमृता लुंगेलीमगर, सुवास रेग्मी, खड्ग चन्द, डिल्लीनारायण पाण्डे र एकनारायण भण्डारी मनोनित भएसँगै समितिले पूर्णता पाएको हो ।
यसअघि ६९ जनाको निर्वाचित कार्यसमिति बनेको थियो । प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरको अध्यक्षतामा बसेको पहिलो बैठकबाट ६ जना मनोनित भएसँगै ७५ जनाको पूर्ण कार्यसमिति बनेको छ ।
त्यसैगरी, सल्लाहकारमा नारायण रायमाझी, खिमबहादुर हमाल, राजन लम्साल, उज्वलजंग ठकूरी, रामचन्द्र कोइराला, पूर्ण गुरुङ ह्याल्मो, आरसी कोइराला, रमेशबाबु श्रेष्ठ, पृथ्वी थकाली, टिकाराम चपाईं, डा. लोसन रिजाल, कृष्ण कँडेल, शान्ती गुरुङसँगै कानूनी सल्लाहकारमा राधाकृष्ण पाठक रहनुभएको छ । पाठक नेपाली रेडियो नेटकवर्कका कानूनी सल्लाहकार समेत हुनुहुन्छ ।
त्यस्तै, संरक्षकमा अमरविरही गुरुङ, प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी रहनुभएको प्रतिष्ठानका प्रशासनिक सह–सचिव राजकुमार रायमाझीले जानकारी दिनुभएको छ ।