Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

फेरिपनि बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाईँदै (चेतावनी पत्रसहित)

फेरिपनि बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाईँदै (चेतावनी पत्रसहित)

  • बुधवार, चैत्र १ २०७९

  • 548
    SHARES

  • फेरिपनि बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाईँदै (चेतावनी पत्रसहित)

    काठमाडौं। बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फेरी पनि बञ्चरेडाँडामा फोहोर फाल्न रोक लगाउने भएको छ। समितिले बैशाखसम्म आफनो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो ।

    सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचार गरि यस्तो चेतावनी दिएका हुन्।

    ‘सरकार तथा फोहरमैला विसर्जन गर्ने सबै पक्षले उक्त क्षेत्रको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र आउदा दिनमा उक्त क्षेत्रको आम नरसंहार हुनसक्ने गम्भीर मामिलामा सरकारी पक्षले सधै बेवास्ता गरी राज्यशक्तिको दुरुपयोग गरी दमन चक्रद्वारा उपत्यकाको समग्र फोहरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकोले त्यस्तो घृणित कार्यको हामी घोर विरोध गर्दछौँ,’ पत्रमा भनिएको छ, ।

    महानगरपालिका र स्थानिय सरोकारावाला बीच पटक पटक छलफल भएर सहज भएको फोहोर मैला बिसर्जन पुनः रोकिने भएपछि काठमाडौंमा दुर्गन्ध फैलिने सम्भावना पुनःह बढेको छ ।

    patra_kbByqtTAZo.webp


    बुधवार, चैत्र १ २०७९०३:०२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij