काठमाडौं । ७ वटै प्रदेशका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। प्रदेश प्रमुखहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।
भेटवार्तामा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी सहभागी थिए।
भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको काम–कारबाही तथा संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।