काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पैसा दिनुपर्ने प्रताव पेश भएको छ ।
नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार आज पेरिसडाँडामा बसेको बैठकमा यस्तो प्रस्ताव पेश भएको हो । केन्द्रीय सदस्यलाई कम्युनिस्ट पार्टीको सिद्धान्त अनुसार पैसा दिनेसम्बन्धि प्रस्ताव पेश भएको हो ।
पूर्णकालीन कार्यकर्तालाई प्रदेश, जिल्ला वा सोभन्दा तलका कमिटीले आफैं निर्णय गर्ने भए पनि केन्द्रीय सदस्यलाई कसरी आर्थिक सहयोग गर्ने भन्ने विषयमा सचिवालयमा छलफल हुने श्रेष्ठले बताउनुभयो ।