Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित

  • सोमवार, फाल्गुण २९ २०७९

  • 663
    SHARES

  • एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेता मनोनित हुनुभएको छ ।

    एमाले अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार (आज) दलको उपनेतामा नियुक्त गर्नुभएको हो । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

    नेम्वाङले प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पनि एमाले संसदीय दलको उपनेताको जिम्मेवारी पाउनुभएको थियो ।

    नेम्वाङ गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । तर, उहाँ आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित हुनुभएको थियो ।

    letter.jpg


    सोमवार, फाल्गुण २९ २०७९०३:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij