Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ६६ करोडको कारोबार

नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ६६ करोडको कारोबार

  • आइतवार, फाल्गुण २८ २०७९

  • 646
    SHARES

  • नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ६६ करोडको कारोबार
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) सेयर बजार करिब २७ अंकले घटेको छ। करिब १ अर्ब ६६ करोड ६९ लाख माथिको कारोबार हुँदा नेप्से परिसूचक २६ दशमलव ८० अंकले गिरावट आएको हो। 
     
    आज सबै उपसूचकहरू राताम्मे भएका छन्। जसले गर्दा २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, ६ वटा कम्पनीको भने मूल्य स्थिर रहेको छ। 
     
    आज सबैभन्दा धेरै गुमाउनेमा बीमा कम्पनी रहेका छन्। जीवन बिमा कम्पनी उपसूचक करिब १३९ अंकले घटेको छ भने निर्जीवन बीमा कम्पनी ११७ अंकले घटेको छ। त्यस्तै, लघुवित्त उपसूचक करिब ३० अंकले, विद्युत् ३८ अंकले, विकास बैंक ४६ अंकले, होटेल तथा पर्यटन क्षेत्र ३१ अंकले घटेको छ।
     
    आज धेरै कमाउने कम्पनीहरूमा क्रमशः शुभम् पावर लिमिटेड, नबिल डिभेन्चर, यूनीक नेपाल लघुवित्त, नदिप लघुवित्त र गरिमा डिभेन्चर रहेका छन्। 
     
    त्यस्तै, धेरै गुमाउनेमा गुडबिलको फाइनान्सको डिभेन्चर, हिमालयन बैंक, नेपाल इन्स्यूरेन्स, खप्तड लघुवित्त र आदर्श लघुवित्त रहेका छन्।


    आइतवार, फाल्गुण २८ २०७९०४:३६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij