Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

सिन्धुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, २९ जना घाइते

सिन्धुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, २९ जना घाइते

  • आइतवार, फाल्गुण २८ २०७९

  • 444
    SHARES

  • सिन्धुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, २९ जना घाइते
    काठमाडौं । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
     
    मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो।
     
    मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।
     
    घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ ।
     
    चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


    आइतवार, फाल्गुण २८ २०७९०२:५८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij