Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलको शपथ लगत्तै भण्डारीले शीतल निवास छाड्ने

राष्ट्रपति पौडेलको शपथ लगत्तै भण्डारीले शीतल निवास छाड्ने

  • आइतवार, फाल्गुण २८ २०७९

  • 445
    SHARES

  • राष्ट्रपति पौडेलको शपथ लगत्तै भण्डारीले शीतल निवास छाड्ने

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण सोमबार दिउँसो १ बजे लिनुहुने भएको छ ।

    राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह सोमबार दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ ।

    संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नभएकाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने कार्यक्रम छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको छ ।

    ‘दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ भएकाले २ बजे भित्र उहाँ (विद्यादेवी भण्डारी)ले शीतल निवास छोड्नुहुन्छ’, भण्डारीका स्वकीय सचिव अधिकारीको भनाइ छ ।

    पौडेल फागुन २५ गते भएको निर्वाचनमा एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

     


    आइतवार, फाल्गुण २८ २०७९०१:४३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij