काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले आफूलाई रिपोर्टिङ गरेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । घाइतेहरुर्ला उद्धार गरेर उपचारका लागि अस्पताल पठाउने काम जारी छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।