एजेन्सी । बेलायती सरकारले सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई १० हजार पाउन्ड जरिवाना तोक्ने भएको छ ।
सेप्टेम्बर २८ तारिख यता कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिहरु र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको छ ।
नयाँ सुरक्षाको सावधानीमा कम आय श्रोत भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने जनाइएको छ ।
कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार वृद्धि हुन थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यस्ता कडा नियम लागू गरेका हुन् । बीबीसीबाट