Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएसँगै माओवादी केन्द्रमा भुँइचालो (खासखबर)

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएसँगै माओवादी केन्द्रमा भुँइचालो (खासखबर)

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 510
    SHARES

  • प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएसँगै माओवादी केन्द्रमा भुँइचालो (खासखबर)

    काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्रै आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो ।

    प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले रिट दायर गरेका हुन् । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । रिट निवेदकमध्येका एक अधिवक्ता आरणले आफूहरुलाई परेको व्यक्तिगत चोटका आधारमा मुद्दा दायर गरेको बताउनुभयो ।

    सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।

    सोही आदेशअनुसार कानुन व्यवसायीहरु पुनः रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । रिटमा यसअघि नेपाल सरकार, सत्य निरुपण तथा मेलमिलाप आयोग, प्रहरी प्रधान कार्यालयलगायतका निकायबाट प्रचण्डलाई कारबाही नहुने भनी कुनै आदेश भएको भए बदर गर्न माग गरिएको छ । त्यस्तै व्यक्ति हत्याको जिम्मा लिने प्रचण्डलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । अधिवक्ता कृतिनाथ शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डलाई हत्या अभियोगमा न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिएको छ ।

    रिटप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या गरेर कारबाहीको विषय बनाइनुपर्छ भन्नु पूर्वाग्रही भावना भएको जिकीर गर्नुभएको छ । आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका ८ पार्टीको बैठकले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रचण्डविरुद्ध आज दायर गरिएको रिटको बिहीबार पेसी तोकिएको छ ।

    यसैबीच, गत शुक्रबारदेखि मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएका कांग्रेस महाधिवेशन प्रतिनिधि तथा अधिवक्ता ज्ञानेन्द्रराज आरण मंगलबार मध्यान्ह एकैचोटी सर्वोच्च अदालत परिसरमा देखिनुभएको थियो । बागमती प्रदेश महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप पुरानागाउँका आरण प्रचण्डविरुद्ध रिट लैजाने प्रमुख निवेदक हुन् ।

     


    मंगलवार, फाल्गुण २३ २०७९०७:०५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij