Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

लामो समयको तिक्ततालाई मित्रतामा बदल्ने पक्षमा रहेका ओली–नेपालको जुहारी सुरू (खास खबर)

लामो समयको तिक्ततालाई मित्रतामा बदल्ने पक्षमा रहेका ओली–नेपालको जुहारी सुरू (खास खबर)

आफ्नो प्रस्ताव नस्विकारेको प्रति ओलीको  आपत्ति
  • शनिवार, फाल्गुण २० २०७९

  • 579
    SHARES

  • लामो समयको तिक्ततालाई मित्रतामा बदल्ने पक्षमा रहेका ओली–नेपालको जुहारी सुरू (खास खबर)

    काठमाडौं । केही दिन अघिबाट लामो समयदेखिको तिक्ततालाई बिर्सेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पुनः दोहोरी सुरु भएको छ । नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवारका रुपमा नेपाललाई अघि सारेपनि नेपालले मानेनन् । यो जालझेलनै रहेको दाबी गर्दै नेपाल त्यसबाट ब्याक भएका थिए । यता, ओलीले भने आफूले गरेको प्रस्तावबारे आठ दलको बैठकमा गएर नेपालले राखेको तर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा आफू रहेको दाबी गरेपछि पछि हटेको जिकिर गर्नुभयो । एमालेले कुनै छलकपट बिना नेपाललाई राष्ट्रपति दिन खोजेको उहाँको दाबी थियो । 

    यता, नेपालले कुनै–कुनै दलहरूले हिजोका दिनमा नेकपा एकीकृत समाजवादी पार्टी नै नमानेको भएपनि अहिले आएर हारगुहार मागिरहेको दाबी गर्नुभयो । नेकपा एमालेलाई लक्षित गर्दै उहाँले आफूलाई राष्ट्रपतिका लागि आएको प्रस्ताव तिगडमबाजी मात्रै भएको बताउँदै नेता, कार्यकर्ताहरूलाई झुक्काउने प्रपञ्च मात्रै रहेको स्पष्ट पार्नुभयो । 

    नेपालले देशभरका कम्युनिस्ट पार्टीहरूलाई मिलाउन आफूहरूले ८ दलीय गठबन्धनलाई बलियो बनाउने नीति लिएको पनि बताउनुभएको छ । एमालेबाट राष्ट्रपतिको अफर आए पनि राजनीतिक स्थायित्व र मित्र शक्तिहरूलाई धोका नदिनका लागि सो प्रस्ताव अस्वीकार गरेको उहाँको दाबी छ । नेपालले आफूले नेकपा एमाले, माओवादी र नेकपा एसलाई एकताबद्ध बनाउन विगतको नेकपा ब्युँताउने प्रस्ताव राखेको समेत बताउनुभयो ।

    यता, नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूमा भने एमालेसँग मिल्नुको विकल्प नरहेको भान जागृत भएको छ । सकेसम्म ओली–नेपाल सच्चिएर एकढिक्का हुँदै अगाडि बढ्नुपर्ने नेताहरूको सुझाव छ । नेकपा एसका पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे पनि स्पष्ट नियतका साथ एकीकृत हुनुपर्ने पक्षमा जोड दिँदै आउनुभएको छ । 

    मुलुकका दलहरूबीच बढेको अधैर्यता, अहंकार, स्वार्थीपनले विकास र समृद्धिलाई ओझेलमा पारेको छ । अर्थतन्त्र जर्जर बनेको बेलामा छिमेकीलगायतका देशहरूले थप फाइदा लुट्दै विभाजित बनाउने तर्फ क्रियाकलाप गरेको देखिन्छ । असंलग्न परराष्ट्र नीतिलाई अङ्गीकार गर्न नसक्दा, राष्ट्रिय मुद्दामा एकजुट हुन नसक्दा र आफू अनुकूल धारणा बनाउँदा बाह्य हस्तक्षेप बढ्दै गएको छ भने यो भूमिमा गलत अभ्यास पनि सुरु भएको छ । 


    शनिवार, फाल्गुण २० २०७९०८:२४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij