Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विश्वकप लिग टू क्रिकेट : पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

विश्वकप लिग टू क्रिकेट : पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 416
    SHARES

  • विश्वकप लिग टू क्रिकेट : पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य
    काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध जितका लागि १ सय ८० रनको लक्ष्य पाएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ रन बनायो । 
     
    पीएनजीका लागि टोनी उराले ३९ रनको सर्वाधिक ठुलो ईनिङ खेले । हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाउँदा नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११/११ रन बनाए ।
     
    नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २र२ तथा कुशल मल्ल,सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । 
     
    कुशल मल्लले १० ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । करण केसीले ८ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । सन्दीप लामिछाने ९ दशमलव २ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । 
     
    यही सिरिजको क्रममा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । 
     
    २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो। नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोलीसँग खेल्नेछ ।
     
    नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।


    शुक्रवार, फाल्गुण १९ २०७९०३:४१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij