Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

फागुन २५ पछि जे पनि हुनसक्छ भनेर अल्मल्याउने कोसिस भइरहेको छ : महामन्त्री थापा

फागुन २५ पछि जे पनि हुनसक्छ भनेर अल्मल्याउने कोसिस भइरहेको छ : महामन्त्री थापा

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 330
    SHARES

  • फागुन २५ पछि जे पनि हुनसक्छ भनेर अल्मल्याउने कोसिस भइरहेको छ  : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने बताउनु भएको छ ।

    कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताउन भूमिका खेलेको भन्दै उहाँले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसा समेत गर्नुभएको छ ।

    ८ दलीय गठबन्धनले बाग्मती प्रदेशका प्रदेशसभा सदस्यहरुलाई राखेको अभिमुखीकरण कार्यक्रममा कांग्रेस महामन्त्री थापाले प्रचण्डलाई अस्थिर, विश्वासघात गर्ने भनेर प्रश्न भइरहेको भन्दै बचाउ गर्नुभएको छ ।

    अहिले फागुन २५ पछि जे पनि हुनसक्छ भनेर अल्मल्याउने कोसिस भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘कांग्रेसको तर्फबाट महामन्त्रीको हैसियतमा भन्छु, जे समझदारी भएको छ, कांग्रेस सबभन्दा बढी बढी जिम्मेवारीका साथ त्यसमा प्रतिवद्ध रहन्छ ।’


    शुक्रवार, फाल्गुण १९ २०७९०३:३६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij