Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कले चौंथो वार्षिकोत्सव मनायो

नेपाली रेडियो नेटवर्कले चौंथो वार्षिकोत्सव मनायो

  • शनिवार, आश्विन ३ २०७७

  • 906
    SHARES

  • नेपाली रेडियो नेटवर्कले चौंथो वार्षिकोत्सव मनायो

    काठमाडौं । नेपाली रेडियो नेटवर्क 'एनआरएन' ले आज आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ । कोरोना भाईरसको महामाहीका कारण औपचारिक कार्यक्रम गर्न नपाईएपनि रेडियो संञ्चालक, व्यस्थापक र कर्मचारीबीच शुुभकामना आदानप्रदान गरेर मनाएको हो । रेडियो एनआरएन आजदेखि पाँचौ वर्षमा प्रवेश गरेको छ ।

    रेडियोका कर्मचारीबीच गरिएको कार्यक्रममा रेडियोका सन्चालक समितीका अध्यक्ष ऋषि धमलाले जनताका जनजिविकाका सवाललाई अझैं सशक्त रुपमा उठाउने बताउनुुभयो । सुुशासनका पक्ष र भ्रष्टचारका विरुद्धमा अझैं सशक्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । संञ्चालक समितिका सदस्यद्वय विजयराज घिमिरे र दुर्गा रायमाझी लगायतले शुभकामना दिनुभएको थियो ।

    रेडियो हरेक घण्टा समाचारका साथै आर्थिक, मनोरन्जनात्मक र स्थानीय सरोकार विषेश कार्यक्रमहरु गर्दै आएको छ । हरेक प्रदेशमा आफ्नो सन्जाल बनाउन सफल रेडियो एनआरएन छोटो समयमा श्रोताको मन जित्न सफल रेडियो बनेको छ ।

    नेपाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल असोज ३ गते संविधान दिवसका दिनदेखि नेपाली रेडियो नेटवर्क घन्कीन थालेको हो । श्रमजिवि पत्रकारहरुकै सक्रियतामा सवैका लागि सूचना भन्ने मुल मर्मका साथ सुरु भएको रेडियो छोटो अवधिमै विश्वभरीका नेपालीहरुसम्म पुगेको छ । हामीसंग जोडिएका देशभरका सहकर्मी रेडियोहरु, श्रोता, विज्ञापनदाता र शुभचिन्तकहरुमा नेपाली रेडियो नेटवर्क परिवारले हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।

     


    शनिवार, आश्विन ३ २०७७०७:०६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij