Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

'स्ट्यान्ड अप कमेडी कन्टेस्ट' मा सहभागी हुन बुद्धिको आह्वान (भिडियोसहित)

'स्ट्यान्ड अप कमेडी कन्टेस्ट' मा सहभागी हुन बुद्धिको आह्वान (भिडियोसहित)

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 1.8K
    SHARES

  • 'स्ट्यान्ड अप कमेडी कन्टेस्ट' मा सहभागी हुन बुद्धिको आह्वान (भिडियोसहित)

    काठमाडौं । कलाकार बुद्धि तामाङ ‘हैट’ ले भर्चुअल स्ट्यान्ड अप कमेडी कन्टेस्टमा भाग लिन आह्वान गर्नुभएको छ । प्रतिस्पर्धामा विजयी हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनुहुने छ ।

    हरेक उमेर समुहका ब्यक्तीले घर मै खिचेर १ देखी ३ मिनेट सम्मको स्ट्यान्ड अप कमेडी भिडियो पठाएर प्रतिस्पर्धामा सहभागि हुन सक्नेछन।
    कमेडिमा आफ्नो भबिस्य खोजी रहेकाहरूलाई प्रोत्साहन गर्नलाई प्रतिस्पर्धा आयोजना गरिएको बताइएको छ ।

    जस्मिन पेन्ट्स आयोजना गरेको ‘जस्मिन कुल कमेडी फुल’ यस प्रतियोगिताका विजेतालाई रु १ लाख साथै दोस्रो र तेस्रो हुनेलाई क्रमश: ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कम्पनीका निर्देशक मधुसुदन अर्यालले बताउनुभयो ।

    प्रतियोगिताको सम्बन्धी सम्पूर्ण जानकारी कम्पनिको आधिकारिक फेसबुक पेज जस्मिन पेन्ट्स नेपालमा गएर हेर्न सकिने प्रतियोगिताका संयोजक कलाकार सन्तोष खनालले बताउनुभयो । भिडियो यहि चैत्र महिनाको अन्तिम सम्म पठाइ सक्नु पर्ने छ।



    शुक्रवार, फाल्गुण १९ २०७९१०:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij