Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिलाई भोट माग्न एमाले नेताहरु रास्वपा कार्यालयमा

राष्ट्रपतिलाई भोट माग्न एमाले नेताहरु रास्वपा कार्यालयमा

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 458
    SHARES

  • राष्ट्रपतिलाई भोट माग्न एमाले नेताहरु रास्वपा कार्यालयमा

    काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्।

    उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल वसुन्धारा पुगेका हुन्। भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे रास्वपा सभापति रवि लामिछानेसँग एमाले नेताहरुले छलफल गरिरहेका छन्।

    रास्वपाबाट सभापति लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन्।

    यस्तै, एमालेबाट उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु सहभागी छन्। यसअघि एमाले नेताहरुले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेको थियो।


    बिहिवार, फाल्गुण १८ २०७९०२:२१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij