Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

  • बुधवार, फाल्गुण १७ २०७९

  • 468
    SHARES

  • एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ। राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।
     
    बैठकमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने गरी कांग्रेससहित ८ दलीय गठबन्धनमा आबद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल गर्ने बताइएको छ। 
     
    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आएका छन्। 


    बुधवार, फाल्गुण १७ २०७९०३:२९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij