Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल हुने

एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल हुने

  • शनिवार, फाल्गुण १३ २०७९

  • 601
    SHARES

  • एमालेको सचिवालय बैठक बस्दै, राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल हुने

    काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्न लागेको हो ।

    पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

    बैठक बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बस्नेछ । राष्ट्रपति निर्वाचनका लागि शनिबार (आज) मनोनयन र यही फागुन २५ गते निर्वाचन हुँदैछ । एमाले नेतृत्वको सत्तागठबन्धन भत्किएको छ । प्रधानमन्त्री प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको हो ।


    शनिवार, फाल्गुण १३ २०७९०७:४०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij