काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताउनुभएको छ।
संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भन्नुभयो, ‘भोलि मनोनयन हुन्छ ।’
एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौँ।’
तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा ओलीले अरु घटनाक्रम थाहा नभएको बताउनुभयो ।