Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अहिलेका शासक, निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्नुपर्छ : डा. भट्टराई

अहिलेका शासक, निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्नुपर्छ : डा. भट्टराई

  • शनिवार, आश्विन ३ २०७७

  • 1.5K
    SHARES

  • अहिलेका शासक, निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्नुपर्छ : डा. भट्टराई

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन अत्यावश्यक रहेको बताउनु भएको छ ।

    निर्वाचन प्रणाली र शासकीय स्वरुपमा कमजोरी भएकाले गलत व्यक्तिहरु जिम्मेबार निकायमा पुग्ने र राम्रा मान्छेहरु पाखा लाग्ने अवस्था आएको दावी गर्नुभयो ।

    उहाँले अहिले मुलुकमा काम गर्ने कालु, मकै खाने भालु भने जस्तो भएको टिप्पणी पनि गर्नुभयो । संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालगायतका मुलुकका मुल मुद्धाहरुमा मुल योगदान नभएका व्यक्ति नै त्यसलाई कार्यान्वयन गर्ने जिम्मेबारी दिइइएकाले प्रभावकारी कार्यान्वयन हुन नसकेको तर्क गर्नुभयो ।

    “प्रधानमन्त्री केपी शर्मा ओलीमा यी सवै विषयमा योगदान पनि छैन, सकारात्मक सोँच पनि छैन, त्यसैले देश विग्रिएका छ, उनीहरुलाई त्यहाँबाट हटाउनु पर्छ,” डा. भट्टराईले भन्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको बार्षिकोत्सव विषेश नेपाली बहसमा उहाँले मुलुकको ठुलो जनसंख्या गाउँमा बस्ने भएकाले उनीहरुका लागि सुसुचित हुने सजिलो माध्यम रेडियो नै भएकाले रेडियोको महत्व धेरे रहेको बताउनुभयो ।

     


    शनिवार, आश्विन ३ २०७७०९:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij