Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिबारे माधव नेपालको धारणा सार्वजनिक

राष्ट्रपतिबारे माधव नेपालको धारणा सार्वजनिक

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 633
    SHARES

  • राष्ट्रपतिबारे माधव नेपालको धारणा सार्वजनिक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मति भए मात्र आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।

    बिहीबार माओवादी संसदीय दलको कार्यालयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा उहाँले पदलोलुप देखिएर राष्ट्रपति नहुने बताउनुभएको हो ।

    नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गत आइतबार राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको थियो। बिहीबार माओवादी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा पनि यस विषयमा छलफल भएको थियो ।

    प्रचण्डले भने नेता नेपालको प्रस्तावमाथि छलफल गर्ने जवाफ दिनुभएको थियो ।


    बिहिवार, फाल्गुण ११ २०७९०२:४६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij