Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

टेकु अस्पतालबाट फाइजरको बुस्टर डोज लगाउन सुरु

टेकु अस्पतालबाट फाइजरको बुस्टर डोज लगाउन सुरु

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 363
    SHARES

  • टेकु अस्पतालबाट फाइजरको बुस्टर डोज लगाउन सुरु

    काठमाडौंः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजदेखि फाइजरको बुस्टर डोज लगाउन थालिएको छ। अस्पतालका इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बिहान १० बजेदेखि ३ बजेसम्म बुस्टर डोज लगाइने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

    भण्डारीका अनुसार बुस्टर डोज नपाएर विदेश जाने यात्रुहरु बढी अफ्ठेरोमा परेका थिए । उनिहरुलाई नै लक्षित गरेर बस्टर खोप लगाउन सुरु गरिएको हो। गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप ३ लाख ४५ हजार ६ सय मात्रा खोप नेपाल आएको थियो ।

    खोपका लागि ग्लोबल एलायन्स (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।यसअघि फागुन १ र फागुन ४ गते ३ लाख ४५ हजार ६ सय मात्राका दरले खोप आएको थियो ।

    गाभीले कोभ्याक्स सुविधामार्फत् जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ। सोमबारसहित बुस्टर डोजका लागि १० लाख ३६ हजार ८ सय मात्रा खोप नेपाल आएको छ । अब ४ लाख ६३ हजार मात्रा खोप आउन बाँकी छ ।


    बिहिवार, फाल्गुण ११ २०७९०१:४७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij