Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पुरानो गठबन्धनलाई पुनर्स्थापना गर्नेतर्फ प्रयत्न भैरहेको छ : एनपी साउद

पुरानो गठबन्धनलाई पुनर्स्थापना गर्नेतर्फ प्रयत्न भैरहेको छ : एनपी साउद

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 428
    SHARES

  • पुरानो गठबन्धनलाई पुनर्स्थापना गर्नेतर्फ प्रयत्न भैरहेको छ : एनपी साउद

    काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले अप्रत्याशित रुपले टुटेको पुरानो गठबन्धनलाई पुनर्स्थापना गर्नेतर्फ प्रयत्न भैरहेको बताउनुभएको छ । यसको लागि आम निर्वाचन अगाडिका गठबन्धनमा रहेका दलहरु एकठाउँमा आउने कोशिस भइरहेको नेता साउदको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता साउदले सरकारमा जाने कुरामा कांग्रेसले कहिल्यै पनि इन्कार नगरेको स्पष्ट पार्दै अब कांग्रेस सरकारमा जाने कुरा माओवादीसँगको सहमतीमा भर पर्ने बताउनुभयो ।

    सरकार गठन भएकै दिनदेखि यो सरकारसँग प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहज महसुस गरेको बताउँदै नेता साउदले केहि कमिकमजोरीका कारणले पुरानो गठबन्धन टुटेर नयाँ बने पनि अब पुरानै गठबन्धनको आवश्यकता महसुस भएको र ब्युँतिने पनि दाबी गर्नुभयो ।

    प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष र सभामुखमा एमालेका उम्मेदवार आइसकेपछि अब राष्ट्रपतिमा कांग्रेस आउनुपर्ने र माओवादीले समर्थन गर्ने नेता साउदको विश्वास रहेको छ ।

    कांग्रेस, माओवादी र नेकपा एसबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । कांग्रेस, माओवादी र नेकपा एसबीच हिजो भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो ।

    राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको हो । कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ ।


    बिहिवार, फाल्गुण ११ २०७९०७:३०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij