Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ३३.५७ अंकको वृद्धि

नेप्सेमा ३३.५७ अंकको वृद्धि

  • बुधवार, फाल्गुण १० २०७९

  • 507
    SHARES

  • नेप्सेमा ३३.५७ अंकको वृद्धि

    काठमाडौं । पछिल्लो केही दिन यता लगातार घट्दो क्रममा रहेको शेयर बजार बुधबार(आज) भने १.६४ प्रतिशतले बढेको छ । फागुन सुरु भएयता आजबाहेक बजार खुलेको अन्य ५ दिन नै शेयर बजारमा गिरावट भएको छ ।

    आज बजार परिसूचक नेप्से ३३.५७ अंकले वृद्धि हुँदा २०८०.३८ अंकमा बन्द भएको छ । आज लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२५ प्रतिशतले बढेको छ ।

    लघुवित्तले जथाभावी लगानी गरेको कर्जा असुल हुन नसक्ने अवस्थामा रहेको समाचार आएसँगै आज सबै उपसूचक वृद्धि हुँदा पनि लघुवित्त उपसूचकमा भने गिरावट भएको छ । लघुवित्त उपसूचक १.४ प्रतिशतले गिरावट भएको छ ।

    आज नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब ८० करोडमा सिमित भएको छ । अघिल्लो कोरोबार दिन नेप्सेमा १ अर्ब ९४ करोडको कारोबार भएको बजारमा आज कारोबार रकम घटेको हो । आज नेप्सेमा हिमालयन डिस्टिलरीको १३ करोडको कारोबार हुँदा जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख र ग्लोबल आईएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    नेप्सेमा आज २१७ कम्पनीको शेयर कारोबार भएकोमा १६५ कम्पनीको शेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ४९ कम्पनीको शेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको शेयरमूल्य स्थिर छ । जमध्ये लिवर्टी इनर्जीको शेयरमूल्य ९.८० प्रतिशतले वृद्धि हुँदा छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ९.५६ प्रतिशत र दोर्दी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

    यता आदर्श लघुवित्तको शेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत र उपकार लघुवित्तको शेयरमूल्य ६.९९ प्रतिशतले गिरावट भएको छ ।


    बुधवार, फाल्गुण १० २०७९०३:३८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij