काठमाडौं। ग्यास लिक भएर आगलागीमा हुँदा घाइते भई उपचारात नेपाली कांगेसका सांसद डा.चन्द्र भण्डारीले बोल्न थाल्नुभएको छ । भारतको मुम्बईमा नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारीको उपचारमा संलग्न डा.अमोल मात्रेका अनुसार एण्टीवायोटिक थपेपश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।
भण्डारीको उपचार सहजिकरणका लागी सँगै जानुभएका कांग्रेस नेता योगराज कडेँलका अनुसार भण्डारी सँग दोहोरो संवाद पनि भएको छ। हाल प्रेसर मास्कबाट सामान्य अक्सिजन दिईएको छ भने पारामिटरहरु नर्मल रहेको छ।
कँडेलले भन्नुभयो, ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ मसंग आएर बस, मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो, उहाँको स्वास्थ्य सामान्य बन्दै गएको छ’।
डा.भण्डारी गत बुधबार राति शंखमुलस्थितमा निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर गम्भीर घाइते हुनुभएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो। सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने बिहीबार निधन भएको थियो ।