Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

डा.सन्दुक रुइतलाई प्रतिष्ठित ‘इशा अवार्ड’

डा.सन्दुक रुइतलाई प्रतिष्ठित ‘इशा अवार्ड’

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 533
    SHARES

  • डा.सन्दुक रुइतलाई प्रतिष्ठित ‘इशा अवार्ड’

    काठमाडौं । नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गर्नुभएको छ ।

    राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत १ मिलियन डलर राशि(झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गर्नुभएको हो ।

    राजा हमाद बिन इशा अल खालिफाले ’लोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम’ गर्दै आएको बताउनुभयो ।

    इशा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताउनु भएको छ ।

    आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित सो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति/संस्थालाई प्रदान गरिँदै आएको छ ।

    तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।


    मंगलवार, फाल्गुण ९ २०७९०६:४४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij