Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

जनता समाजवादी पार्टी संविधान दिवसमा सहभागी नहुने

जनता समाजवादी पार्टी संविधान दिवसमा सहभागी नहुने

  • शुक्रवार, आश्विन २ २०७७

  • 877
    SHARES

  • जनता समाजवादी पार्टी संविधान दिवसमा सहभागी नहुने

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने भएको छ ।

    आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

    संविधान दिवसमा भाग नलिने बरु त्यसको विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोधका कार्यक्रम आयोजना गर्ने जसपाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    संविधान संशोधनद्धरा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा असोज ३ गते शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना पार्टी कार्यकर्तालाई आह्वान गरेको छ ।

     


    शुक्रवार, आश्विन २ २०७७०८:२०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij