Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

रासस पत्रकारिता पुरस्कारबाट वरिष्ठ सम्पादक सापकोटा पुरस्कृत 

रासस पत्रकारिता पुरस्कारबाट वरिष्ठ सम्पादक सापकोटा पुरस्कृत 

  • सोमवार, फाल्गुण ८ २०७९

  • 366
    SHARES

  • रासस पत्रकारिता पुरस्कारबाट वरिष्ठ सम्पादक सापकोटा पुरस्कृत 
    काठमाडौं । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अङ्ग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटालाई प्रदान गरेको छ । राससको वार्षिकोत्सवका अवसरमा हिजो फाल्गुन ७ गते उहाँलाई सो पुरस्कार प्रदान गरिएको थियो । 
    डेढ दशकभन्दा बढी समयदेखि अङ्ग्रेजी सम्पादनमा रही राससको उन्नयनमा उल्लेखनीय योगदान गरेको भन्दै वरिष्ठ सम्पादक सापकोटालाई शाखाले उक्त पुरस्कारमा प्रदान गर्ने निर्णय गरेको शाखाका अध्यक्ष पवित्रा गुरागाईंले जानकारी दिनुभयो । 
     
     गैंडाकोट— ८, नवलपुर निवासी सापकोटा स्थानीय सामाजिक विकास संस्था विजय विकास श्रोत केन्द्र नेपाल लगायतका संस्थामा आबद्ध रहनुभएको छ  । पत्रकार सापकोटा विगत डेढ दशकदेखि विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र खुला सरकार सहकार्य प्रवर्धनको अभियानमा पनि संलग्न हुनुहुन्छ ।


    सोमवार, फाल्गुण ८ २०७९०८:५७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij