काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको रेडियो कैलालीको समाचार शाखामा कार्यरत निर्मला पहराइ मृत फेला परेकी छिन । बुधबारदेखि बेपत्ता २३ वर्षीया निर्मलाको शब शुक्रबार दिउँसो घोडाघोडी नगरपालिका वडा नं ५ स्थित फुलबारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए ।
पहराइ भाद्र ३१ गतेबाट सम्पर्क विहीन भएकी थिईन् । दुई दिन सम्म पनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए ।खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव जङ्गलमा फेला पारेको हो ।
उनको शव पोष्टमार्टमका लागि धनगडी पठाइएको छ । घोडाघोडी नगरपालिका वडा नम्वर ४ जनकपुर घर भई बिगत ५ वर्ष देखी सुखडमा आफ्नै दिदिको घरमा बसेर पत्रकारीता गरीरहेकी थिईन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।