Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

हिमाली भू-भागमा आज राति हिमपातको सम्भावना, यस्तो छ आगामी मंगलबारसम्मको पूर्वानुमान

हिमाली भू-भागमा आज राति हिमपातको सम्भावना, यस्तो छ आगामी मंगलबारसम्मको पूर्वानुमान

  • आइतवार, फाल्गुण ७ २०७९

  • 416
    SHARES

  • हिमाली भू-भागमा आज राति हिमपातको सम्भावना, यस्तो छ आगामी मंगलबारसम्मको पूर्वानुमान

    काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार राति प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार (भोली) कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

    मंगलबार पनि प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक-दुई स्थानमा बिहानी पख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।


    आइतवार, फाल्गुण ७ २०७९०४:१७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij