Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

४५ जना सवार बस पोखरामा दुर्घटना

४५ जना सवार बस पोखरामा दुर्घटना

  • आइतवार, फाल्गुण ७ २०७९

  • 1.5K
    SHARES

  • ४५ जना सवार बस पोखरामा दुर्घटना

    काठमाडौं । पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।

    करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।

     


    आइतवार, फाल्गुण ७ २०७९०३:४१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij