Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गर्छ : ओली

एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गर्छ : ओली

  • आइतवार, फाल्गुण ७ २०७९

  • 458
    SHARES

  • एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गर्छ : ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पद कसले पाउने भन्ने पहिले नै तय भएको विषय बताउँदै आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गर्ने दाबी गर्नुभएको छ ।

    विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने पनि बताउनुभएको हो ।

    अध्यक्ष ओलीले भन्नुुभयो, ‘राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ । यसमा माओवादीले साथ नदिने सम्भावना छैन । त्यसको परिकल्पना पनि नगर्नुहोला ।’

    अहिले राष्ट्रपति पदका लागि अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, ईश्वर पोखरेललगायत विभिन्न नामहरूमाथि भइरहेको चर्चा बारे उहाँले भन्नुभयो, ‘हामीले जो उम्मेदवार बनाउँछौँ तिनी नै राष्ट्रपति बन्छन् । त्यो १३ गते थाहा पाउनुहुन्छ । १३ गते नै म नाम लिन्छु ।’

    उहाँले माओवादीको साथ छाडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने विषय प्रोभोकिङ कुरा भएको बताउनुभयो ।

    पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरूसँग सहकार्य गर्न गरेको प्रस्तावबारे अध्यक्ष ओलीले भन्नुभयो, ‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ । अझै पनि पुरानो झल्को आइरहन्छ । त्यो झल्कोले दुई-चराजना मान्छे वरिपरि देख्यो भने अलिअलि जोस्याउँछ । त्यति मात्र हो अरू केही होइन ।


    आइतवार, फाल्गुण ७ २०७९०१:४३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij