Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले पुस १० गते नै एमालेलाई राष्ट्रपतिको वचन दिइसकेका छन्, अब कुरा बदल्न मिल्दैन : लालबाबु पण्डित

प्रचण्डले पुस १० गते नै एमालेलाई राष्ट्रपतिको वचन दिइसकेका छन्, अब कुरा बदल्न मिल्दैन : लालबाबु पण्डित

  • आइतवार, फाल्गुण ७ २०७९

  • 599
    SHARES

  • प्रचण्डले पुस १० गते नै एमालेलाई राष्ट्रपतिको वचन दिइसकेका छन्, अब कुरा बदल्न मिल्दैन : लालबाबु पण्डित
    काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले राजनीतिमा दोग्ला चरित्र नदेखाउन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पण्डितले प्रचण्डले पुस १० गते नै एमालेलाई राष्ट्रपतिको वचन दिइसकेकाले अब बीचमा आएर कुरा बदल्न नमिल्ने जिकिर गर्नुभयो ।
     
    उहाँले भन्नुभयो, ‘उहाँको मन कहाँ कहाँ दगुर्छ, छिनछिनमा कुरा बदल्ने व्यक्तिलाई दोग्ला भनिन्छ । राजनीतिमा यस्तो दोग्लापन चल्दैन । पहिलेको सहमतिका साथ अगाडि साथ अघि बढ्ने हो । विश्वास गुमाएपछि कहीँ टेक्ने ठाउँ हुँदैन । त्यस्तो दुर्भाग्यपूर्ण स्थितिमा उहाँहरू पुग्नुहुन्छ भन्ने मलाई लाग्दैन,।’  
     
    राष्ट्रपति लिएर एमालेले प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन नसक्ने पनि उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘मनको लड्डु घिउसँग खानु सपनामा सम्भव छ, बिपनामा छैन । प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री मान्ने स्थितिमा एमाले छैन । एमाले सहमतिबाट पछि हट्दैन । सकेसम्म गठबन्धन बचाउन लाग्छ । प्रचण्डले सहमति तोड्ने अनि उनले जे जे भन्छन्, त्यसैलाई लुरुलुरु खुरुखुरु मान्ने त्वम् शरण गर्ने पार्टी एमाले होइन । प्रचण्डले जानी जानी आफ्नै खुट्टामा बन्चरो हान्नुहुन्न होला।’ कांग्रेसलाई राष्ट्रपतिमा सघाएर प्रचण्ड एमालेसँग सत्तामा रहने सम्भावना नभएको पनि उहाँले स्पष्ट पार्नुभयो।
     
    अर्को प्रसंगमा एमाले नेता पण्डितले निर्वाचन आयोगमा राजावादी पार्टी दर्ता गरेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिनुभएको छ । उहाँले भन्नुभयो, ‘उहाँले राजावादी पार्टी दर्ता गरेर आए हामीलाई टाउको दुखाइको विषय होइन । पार्टी पार्टीबीचको सहकार्य हुन्छ । तर फेरि नारायणहिटीमा गएर खुट्टा हल्लाएर ल रैती मौसुफबाट बक्सिएको बक्सिस थाप भन्ने हो भन्ने बक्सिस थाप्ने, मौसुफ मान्ने केही झुन्ड होला । तर त्यो सम्भव छैन ।’


    आइतवार, फाल्गुण ७ २०७९०९:२७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij