Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चन्द्र भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त

चन्द्र भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त

  • शनिवार, फाल्गुण ६ २०७९

  • 533
    SHARES

  • चन्द्र भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त

    काठमाडौं। ग्यास चुहिएर भएको आगलागीमा परी घाइते हुनुभएका कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।

    उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ भने अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएको चिकित्सकहरुले बताएका छन्।

    जसकारण तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरुको भनाइ छ। भारतको मुम्बईमा उपचाररत सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ।

    उपचार समन्वयका लागी सँगै जानुभएका कांग्रेस नेता योगराज कँडेलकाअनुसार आज मध्यान्ह काउन्सिलिङपछि डाक्टर सुनिल केस्वानीसहितको चिकित्सकहरुको टिमले भण्डारी अब खतरामुक्त बनेको जनाएका छन्।

    आज भण्डारीलाई पाइपमार्फत् खाना खुवाउने तयारी गरिएको छ । हिजो दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो ।


    शनिवार, फाल्गुण ६ २०७९०१:३८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij