Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बाजुरामा वर्षासँगै बाढी र पहिरो, ३ जना बेपत्ता

बाजुरामा वर्षासँगै बाढी र पहिरो, ३ जना बेपत्ता

  • शुक्रवार, आश्विन २ २०७७

  • 1.3K
    SHARES

  • बाजुरामा  वर्षासँगै बाढी  र पहिरो, ३ जना बेपत्ता

    बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीमा गयराती परेको अविरल वर्षाका कारण आएको बाढीले ३ जना बेपत्ता भएका छन् भने दर्जन बढी घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । अविरल वर्षासँगै सुपाना खोलामा आएको बाढीमा परी तीनजना बेपत्ता भएको बिच्छ्याँ प्रहरी चौकीले जानकारी दिएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाका अनुसार हिजो दिउँसो माछा मार्न सुपाना खोलामा गएका ३ जना सम्र्पकमा नआएका जानकारीमा आएको बताउनुभयो। बिच्छ्याँ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

    बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा परम्परागत घट्ट र ३ वटा काठेपुल पनि बगाएको छ। खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छानासहित पाक्न लागेको धानबाली र कोदा बालीमा क्षति पुगेको स्थानीयले बताएका छन्।


    शुक्रवार, आश्विन २ २०७७०३:१४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij